पाँचवटा अकाउन्ट हटाउन ट्वीटरलाई नेपाल सरकारको अनुरोध – Nepal Press

पाँचवटा अकाउन्ट हटाउन ट्वीटरलाई नेपाल सरकारको अनुरोध

काठमाडौं । नेपाल सरकारले पाँचवटा खाता हटाउन ट्वीटरलाई आग्रह गरेको पाइएको छ । सन् २०२१ को जनवरीदेखि जुनसम्म नेपालले ती एकाउन्ट हटाउन आग्रह गरेको हो ।

ट्वीटरले आज सन् २०२१ को पहिलो ६ महिनाको इन्फर्मेसन रिक्वेस्ट रिपोर्ट सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो । उक्त प्रतिवेदनअनुसार सो अवधीमा विश्वभरबाट कूल १२ हजार ३६९ वटा जानकारी मागिएका छन् ।

कुनै एकाउन्टको जानकारी मागिएको र कतिपयको हटाउन आग्रह गरिएको जनाइएको छ । एकाउन्टको जानकारी लिने हिसाबले निवेदन नपरेको बताइएपनि एकाउन्ट हटाउन नेपालले अनुरोध गरेको पाइएको हो ।

नेपालले हटाउन भनेका पाँचवटा खाताको अनुरोधमध्ये एउटा अदालतको निर्णयसहित आएको र बाँकी सरकारी तथा सुरक्षा निकायबाट आएको ट्वीटरले जनाएको छ । प्रत्येक ६ महिनामा ट्वीटरले यस्तो जानकारी दिने गर्छ ।

सन् २०१२ को जनवरीदेखि २०२१ को जुनसम्म कूल २४ वटा एकाउन्टको विषयमा नेपाल सरकारले जानकारी मागेको देखिन्छ । सो अवधीमा कूल ३० वटा एकाउन्ट हटाउन सरकारले निवेदन दिएको छ ।

सरकारको उक्त निवेदनको आधारमा ट्वीटरले २०२१ को पहिलो ६ महिनामा ८० प्रतिशत एकाउन्ट हटाइएको जनाएको छ । यसरी हटाइनेमा अमेरिका र भारतका ट्वीटर एकाउन्ट बढी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर