पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मेलम्चीमा युवा संघको विरोध – Nepal Press

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मेलम्चीमा युवा संघको विरोध

मेलम्ची । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा राष्ट्रिय युवा संघ सिन्धुपाल्चोकले आज मेलम्चीमा विरोध प्रदर्शन गरेको छ ।

मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने मागसहित संघले प्रदर्शन गरेको हो ।

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले अहिले स्थानीय निकायको चुनावको घोषणाको माग गर्दै देशव्यापी रुपमा आन्दोलन गरिरहेको छ ।

संघका सिन्धुपाल्चोक संयोजक राजन दुलालले सरकारले युवाको आवाज नसुने आन्दोलन चर्काउने चेतावनी दिए ।

कार्यक्रमको संयोजक गरेका मेलम्चीका स्थानीय नेता निरल व्याइबाले सरकारलाई निरन्तर दबाब दिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर