शीर्ष वरियताकी बार्टी अष्ट्रेलियन ओपनको फाइनलमा – Nepal Press

शीर्ष वरियताकी बार्टी अष्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्न । विश्व नम्बर एक असलेग बार्टी वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको फाइनलमा पुगेकी छन्।

बार्टीले बिहीबार भएको सेमिफाइनलमा मेडिसन किजलाई सोझो सेटमा पराजित गरिन् । पहिलो सेट ६-१ ले जितेकी बार्टीले दोस्रो सेट ६-३ ले आफ्नो पक्षमा पार्दै फाइनलमा स्थान बनाएकी हुन् ।

२५ वर्षीया घरेलु खेलाडी बार्टीले यसअघि सन् २०१९ मा फ्रेन्च ओपन र २०२१ मा विम्बल्डन जितेकी थिइन् ।

अष्ट्रेलियन ओपनमा पहिलोपटक फाइनल पुगे‍की हुन् । उनले उपाधिका लागि ड्यानियली कोलिन्स र इगा स्वियाटेकबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *