ओमिक्रोन सहप्रजाति बीए.२ उच्च संक्रामक तर कम गम्भीर : डेनमार्क – Nepal Press

ओमिक्रोन सहप्रजाति बीए.२ उच्च संक्रामक तर कम गम्भीर : डेनमार्क

कोपनहेगन/रोयटर्स : डेनमार्कले कोभिड-१९ को ओमिक्रोन भेरिएन्टको सहप्रजाति बीए.२ उच्च संक्रामक तर गम्भीर नरहेको बताएको छ । त्यहाँका स्वास्थ्यमन्त्री म्यागनस हेउनिकले उक्त सहप्रजाति गम्भीर नरहेको बताएका हुन् ।

आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘बीए.२ भेरिएन्ट जटिल छ भन्ने प्रमाणहरु भेटिएको छैन बरु यो संक्रामक चाहिँ हुनसक्छ ।’

अहिले डेनमार्कमा फैलिएको कोभिड-१९ मा अधिकांश संक्रमण बीए.१ अर्थात ओमिक्रोनकै हिस्सा देखिएको छ । जनवरी दोस्रो साता त्यहाँ ओमिक्रोनसहितको कोभिड संक्रमण ब्यापक फैलिएको थियो ।

बेलायतको स्वास्थ्य सुरक्षा नियोगले बीए.२ भेरिएन्ट अध्ययनकै क्रममा रहेको जनाएको छ । प्रारम्भिक अध्ययनले जनाएअनुसार बीए.२ ओमिक्रोन (बीए.१)भन्दा १.५ गुणा उच्च संक्रामक रहेको छ ।

दुबै प्रजातिले अस्पताल भर्ना हुनेको संख्यामा भने वृद्धि नगराउने अध्ययनको निष्कर्ष छ । ‘खोप नलगाएको जनसंख्यामा चाहिँ यसले जटिलता निम्त्याउने संकेत देखिएको छ । साथै खोप लगाएकामा पनि यसले संक्रमण तुल्याउन सक्छ’ मन्त्री हेउनिकले बताए । बीए.२ संक्रमण यसअघि बेलायत, स्वीडेन र नर्वेमा पनि पुष्टि भैसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर