को बन्ला भारतको नयाँ राष्ट्रपति : आनन्दी बेन पटेलदेखि नायडूसम्म चर्चामा – Nepal Press

को बन्ला भारतको नयाँ राष्ट्रपति : आनन्दी बेन पटेलदेखि नायडूसम्म चर्चामा

नयाँदिल्ली । भारतका वर्तमान राष्ट्र रामनाथ कोविन्दको वर्तमान कार्यकाल २५ जुलाई २०२२ मा समाप्त हुँदैछ । पाँच महिनापछि नयाँ राष्ट्रपतिको लागि चुनावी प्रक्रिया सुरु हुने तयारी छ ।

त्यसअघि सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र उसको भातृ संगठन राष्ट्रिय स्वयम सेवक दल (आरएसएस)बीच आगामी राष्ट्रपति कसलाई बनाउने भनेर मन्थन सुरु भएको छ ।

उत्तर प्रदेश, उत्तराखण्ड, पंजाब, गोवा र मणिपुरको विधान सभा चुनावपछि राष्ट्रपतिको नामलाई लिएर मन्थन हुने भएको छ । यसबीच भाजपा र आरएसएसबीच राष्ट्रपतिको उम्मेदवारलाई लिएर चारजनाको नाम अधिक चर्चामा छ ।

जसमा उत्तर प्रदेशकी राज्यपाल आनन्दीबेन पटेल, केरलाका गभर्नर आरिफ मोहम्मद खान, कर्णाटकका राज्यपाल थावरचन्द गहलोत र उपराष्ट्रपति वेंर्कैया नायडू छन् । यद्यपी, प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ नाम लिएर सबैलाई आश्चर्य तुल्याउने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *