बैंकहरूको ६ महिनाको नाफा ३४ अर्ब, कुन बैंकले कति कमाए ? – Nepal Press

बैंकहरूको ६ महिनाको नाफा ३४ अर्ब, कुन बैंकले कति कमाए ?

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेका छन् । दोस्रो त्रैमासिक प्रतिवेदनमा बैंकहरुले चालु आर्थिक वर्षमा कमाएको कुल नाफाको विवरण पनि सार्वजनिक गरेका छन् ।

बैंकहरुले ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ बढी नाफा कमाएका छन् । अघिल्लो वर्षको सोही समयमा बैंकहरुले ३१ अर्ब ८ करोड रुपैयाँ नाफा कमाएका थिए ।

यो अवधिमा ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब ३१ करोड खुद नाफा कमाएको थियो ।

दोस्रो नम्बरमा एनआईसी एसिया बैंक परेको छ । सो बैंकले २ अर्ब ४० करोड नाफा कमाएको छ । एनआईसीले गतवर्षभन्दा १६ प्रतिशत बढी नाफा कमाएको हो ।

यस्तै, तेस्रो नम्बरमा नबिल बैंक रहेको छ । सो बैंकले २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । गत आवमा सो बैंकले २ अर्ब १ करोड नाफा कमाएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ९१ करोड नाफा कमाएको छ । गत आवको सोही अवधिमा सो बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा गरेको थियो ।

१ अर्ब ६२ करोड रुपैयाँ नाफा नेपाल इन्भेष्टमेन्ट बैंकले कमाएको छ । गत वर्षमा सोही समयमा सो बैंकले १ अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएको थियो ।

सिद्धार्थ बैंकले १ अर्ब ५७ करोड नाफा कमाएको छ । अघिल्लो वर्ष सो बैंकले ९१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

प्राइम बैंकले १ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सो बैंकले १ अर्ब ८१ करोड रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा प्राइम बैंकको नाफा घटेको छ ।

मेघा बैंकले १ अर्ब ४० करोड नाफा गरेको छ । गत वर्ष सोही समयमा बैंकले १ अर्ब ३० करोड नाफा कमाएको थियो ।

कृषि विकास बैंकले १ अर्ब ४२ करोड रुपैयाँ नाफा कमाएको छ । सो बैंकले अघिल्लो आवको सोही समयमा १ अर्ब ३२ करोड रुपैयाँ नाफा गरेको थियो ।

प्रभु बैंकको १ अर्ब २६ करोड नाफा गरेको छ । गत वर्ष यस बैंकले १ अर्ब ५१ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा सो बैंकको नाफा घटेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंकले १ अर्ब २३ करोड नाफा गरेको छ । अघिल्लो वर्षको सोही समयमा बैंकले ८७ करो ५१ लाख रुपैयाँ नाफा कमाएको थियो ।

स्टान्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८ करोड नाफा गरेको छ । सो बैंकले गत वर्षको भन्दा करिब ५० प्रसितशतभन्दा धेरै नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ७२ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सानिमा बैंकले १ अर्ब २ करोड नाफा गरेको छ । सो बैंकले गत वर्ष सोही समयमाा १ अर्ब ८ करोड नाफा कमाएको थियो । सानिमा बैंकको नाफा घटेको छ ।

माछापुच्छ्रे बैंकले १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८० करोड २७ लाख नाफा गरेको थियो ।

एनसीसी बैंकले ९० करोड रुपैयाँ नाफा गरेको छ । सो बैंकले गत आवको सोही समयमा ६१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो ।

नेपाल बंगलादेश बैंकले ८१ करोड ११ लाख नाफा कमाएको छ । सो बैंकले गत आवमा ९४ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको नाफा घटेको छ ।

एसबीआई बैंकले ७८ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा नेपाल एसबीआई बैंकले ५१ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।

सेन्चुरी बैंकले ७२ करोड २१ लाख रुपैयाँ गरेको छ । गत आवको सोही समयमा ४६ करोड ६५ लाख नाफा कमाएको थियो । बैंकको नाफा घटेको छ ।

कुमारी बैंकले ७२ करोड ७८ लाख रुपैयाँ नाफा गरेको छ । गत आवको सोही समयमा बैंकले १ अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो । सो बैंकको नाफा पनि घटेको छ ।

बैंक अफ काठमाडौंले दोस्रो त्रैमासिकमा ७१ करोड ९३ लाख नाफा कमाएको छ । गत आवमा सोही समय बैंकले ७० करोड ८५ लाख रुपैयाँ नाफा गरेको थियो ।

सिभिल बैंकले ५० करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले नाफा वृद्धि गरेको छ । गत आवको सोही समयमा बैंकले २० करोड २८ लाख रुपैयाँ नाफा गरेको थियो ।

लक्ष्मी बैंकले ८१ करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ । एभरेष्ट बैंकले ७१ करोड ९३ लाख रुपैयाँ कमाउन सफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर