पल र मलिका पुनः म्युजिक भिडिओमा एकसाथ : सम्बन्धमा सुधारको संकेत – Nepal Press

पल र मलिका पुनः म्युजिक भिडिओमा एकसाथ : सम्बन्धमा सुधारको संकेत

काठमाडौं । सुटिङ सुरु हुनु ठीक अघि अभिनेत्री मलिका महतले फिल्म ‘सत्यम’ नखेल्ने निधो गरिन् । उनको यस्तो निर्णय पछाडि पल शाहलाई कारण मानिएको छ । फिल्ममा पल र मलिकालाई जोडीको रुपमा अनुबन्धित गरिएको थियो ।

गायिका समीक्षा अधिकारीसँगको ‘अन्तरंग’ सम्बन्धलाई लिएर पलको विवाद चर्किएपछि मलिकाले ‘सत्यम’ छाडेको फिल्म निकट स्रोतको दावी छ । अहिलेसम्म मलिकाको ठाउँमा अन्य कुनै नायिकालाई कास्ट पनि गरिएको छैन ।

त्यतिमात्र हैन, मलिकाले पल-समीक्षा विवादकै ‘साइड-इफेक्ट’को रुपमा पनि अन्य केही म्युजिक भिडिओ छाडेको पनि चर्चा छ । पलसँगको भिडिओमा अप्रोच गर्दा उनले प्रोजेक्ट अस्वीकार गरेको बताइन्छ । त्यतिमात्र हैन, केन्द्र मोसन पिक्चर्सले पललाई लिएर म्युजिक भिडिओ मात्र हैन, फिल्म नबनाउने निर्णय नै गर्नुपरेको थियो ।

तर, पछिल्लो समय म्युजिक भिडिओको हिट जोडी पल र मलिका सँगै काममा फर्किएका छन् । यसलाई पलप्रति मलिकाको असन्तुष्टि मत्थर भएको अर्थात सम्बन्धमा पुनः सुधार भएको रुपमा बुझ्न सकिन्छ । यी दुईजनाले यसैसाता निकेश खड्का निर्देशित म्युजिक भिडिओमा काम गरेका छन् ।

अर्कोतर्फ, ६ महिना केन्द्र मोसन बाहेकको म्युजिक भिडिओमा काम गर्न नपाइने उनीहरुको सर्त पनि सकिएको छ । स्रोत भन्छ :  केन्द्र मोसनको सम्झौता पनि सकिएको छ र पल-मलिकाको सम्बन्धमा सुधार पनि आएको छ जसले गर्दा पुनः उनीहरु भिडिओमा फर्किएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *