कर्णाली प्रदेशसभा स्थापनाको चौथो वर्ष : विविध कार्यक्रम आयोजना हुँदै – Nepal Press

कर्णाली प्रदेशसभा स्थापनाको चौथो वर्ष : विविध कार्यक्रम आयोजना हुँदै

सुर्खेत । कर्णाली प्रदेशसभाले स्थापनाको चौथो वार्षिकोत्सव मनाउने भएको छ । माघ २१ गते प्रदेशसभाले स्थापना दिवस मनाउने भएको हो ।

सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको पदाधिकारीको बैठकले माघ १७ गते देखि विभिन्न कार्यक्रमहरु आयोजना गरेर वार्षिकोत्सव मनाउने भएको हो ।

सभामुख शाहीका अनुसार माघ १७ गते प्रदेश सभा परिसरको सरसफाई गर्ने, विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने छ ।

माघ १८ गते खेलकुद गतिविधि हुनेछन् । यस्तै युवासँग प्रदेशसभा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ ।

माघ २० गते टुर कार्यक्रमको आयोजना गरिने भएको छ । सोही दिन वक्तृत्वकला प्रतियोगिता समेत आयोजना गरिने भएको छ ।

प्रतियोगिताका लागि ‘म प्रदेश सभाको सदस्य भएँ भने…’ शीर्षक तय भएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।

माघ २१ गते बिहान ११ बजे औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार वितरण, स्मारिका विमोचन र जलपान कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर