को बन्ला नयाँ जेम्स बन्ड : एड्रिस अल्बादेखि टम हार्डीसम्मको चर्चा – Nepal Press

को बन्ला नयाँ जेम्स बन्ड : एड्रिस अल्बादेखि टम हार्डीसम्मको चर्चा

काठमाडौं । हलिउडको लोकप्रिय पात्र जेम्स बन्ड को होला ? यसबारे अन्तर्राष्ट्रिय संचारमाध्यममा विभिन्न चर्चा सुरु भएको छ ।

हलिउड रिपोर्टरले ००७ नामक पात्र पहिलोपटक अश्वेत वर्णको अभिनेता हुनसक्ने जनाएको छ । ‘द सुसाइड स्क्वाड’ फेम्ड अभिनेता एड्रिस अल्बा नयाँ जेम्स बन्ड बन्न सक्ने अनुमान गरिएको छ ।

यदि यसो भयो भने ४९ वर्षिय अभिनेता अल्बा जेम्स बन्ड भूमिका निर्वाह गर्ने ७ औं अभिनेता बन्नेछन् । जेम्स बन्ड सिरिज निर्माताहरु बारबरा ब्रोकोली र माइकल जि विल्सनले हालैका अन्तवार्ताहरुमा यस्तो संकेत गरेका छन् ।

एड्रिस अल्बाबाहेक आगामी भागमा एमआइ६ चरित्र निर्वाह गर्ने अभिनेता टम हार्डी, रिचर्ड मैडेन, सिलियन मर्फी, लसाना लिन्च, हेनरी काविल, टम हिडलस्टन र साम ह्यूगनको नाम पनि चर्चामा छन् ।

तर, आगामी श्रृंखलाको लागि अहिलेसम्म औपचारिकरुपमा कास्टिङ चाहिँ सुरु भैसकेको छैन । फ्रेन्चाइजको पछिल्लो श्रृंखला ‘नो टाइम टु डाइ’ ३० सेप्टेम्बर २०२१ मा प्रदर्शन भएको थियो जुन श्रृंखलाको २५ औं भाग थियो । सन् २००६ मा रिलिज भएको क्यासिनो रोयलबाट डेनियल क्रेगले जेम्स बन्ड चरित्र निर्वाह गरेका थिए ।

तर, जेम्स बन्ड पात्र छनौटको जिम्मा छनौट समितिले तय गर्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर