मिर्गौला प्रत्यारोपणमा सहयोग गर्न गणेशको याचना – Nepal Press

मिर्गौला प्रत्यारोपणमा सहयोग गर्न गणेशको याचना

सुर्खेत । दुवै मिर्गौला फेल भएर प्रत्यारोपणको पर्खाइमा रहेका आठबीस नगरपालिका-१ सात्तला झुज गाउँका ३७ वर्षीय गणेशबहादुर नेपालीले सहयोगको याचना गरेका छन् । अहिले उनी भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत् छन् ।

हप्तामा दुई पटक डायलायसिस गरिरहेका गणेशलाई ६९ वर्षीया आमाले मृगौला दिन तयार भए पनि रकम अभाव भएको परिवारले बताएको छ ।

‘आमा मृगौला दिन तयार हुनुहुन्छ, तर प्रत्यारोपणका लागि चाहिने खर्च जुटाउन सकेको छैन्, अहिले डायलायसिसको भरमा बाँचिरहेको छु,’ गणेशले भने । दुई वर्षदेखि उपचार गराइरहेका उनले अहिलेसम्म ७ लाख खर्च भइसकेको बताए ।

परिवारको सहारा गणेशका चार छोरी, दुई छोरा र पत्नी छन् । उपचारका लागि अहिले सामाजिक सञ्जालबाट आर्थिक संकलन अभियान चलाइएको छ । तीन लाख जुटिसकेको गणेशले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *