मृतक ऋणीका परिवारलाई सिटिजन्स बैंकको सहयोग – Nepal Press

मृतक ऋणीका परिवारलाई सिटिजन्स बैंकको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ८ लाख भन्दा बढी नगद सहयोग गरेको छ । सिटिजन्स बैंक इन्टरनेशनलको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय भैरहवाका ग्राहक गिता गुरुङको मृत्यु भएकोमा निज मृतकका श्रीमान् रविन्द्र कुमार थापालाई ८ लाख ९७ हजार नगद सहयोग गरेको छ ।

उक्त सहयोग रकम सिटिजन्स बैंकका भैरहवा शाखाकाका शाखा प्रमुख तथा अन्य कर्मचारीहरुको रोहवरमा लघुवित्त इकाइका इन्चार्ज प्रवेश अर्यालले हस्तान्तरण गरेका छन् ।

लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेकोले मृत्यु भएका ग्राहकको काजक्रिया खर्चसहित बैंकले बीमा कम्पनीमा रकम दाबी गरी सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेशनले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर