सुरक्षा परिषद्लाई गुटरेसको ब्रिफिङ : अफगानिस्तानमा चरम मानवीय संकट, ३ अर्ब ६० करोड डलर जरुरी – Nepal Press

सुरक्षा परिषद्लाई गुटरेसको ब्रिफिङ : अफगानिस्तानमा चरम मानवीय संकट, ३ अर्ब ६० करोड डलर जरुरी

काठमाडौं । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले अफगानिस्तानमा चरम मानवीय संकट सिर्जना भएको भन्दै सम्भव भएसम्मका सबै मानवीय सहायतालाई खुला गर्न सुरक्षा परिषद्सामु ब्रिफिङ गरेका छन् ।

बुधबार परिषद्लाई गरिएको ब्रिफिङमा गुटरेसले अफगानिस्तान ‘धागोमा झुन्डिएको’ भन्दै त्यहाँको पछिल्लो मानवीय संकटबारे वर्णन गरे ।

अन्तर्राष्ट्रिय प्रतिबन्ध कायमै रहँदा लाखौं मानिसहरु चरम भोकमरीतर्फ धकेलिएको र शिक्षा तथा सेवाजस्ता प्रणाली समाप्त हुन लागेको दिशातर्फ उन्मुख भएको भन्दै महासचिव गुटरेसले सहयताको जरुरी भएको समेत बताए ।

तत्कालै अफगानिस्तानमा ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायता जरुरी भएको भन्दै उनले राष्ट्रसंघले अहिले पनि आधारभूत खाद्यान्न, न्यानो कपडा र आधारभूत औषधीमूलो वितरण भैरहेको जनाए ।

‘हामीले आर्थिक संस्था र व्यवसायिक साझेदारलाई कानून सुनिश्चितता प्रदान गर्नुपर्छ जसले गर्दा उनीहरुले कुनै प्रतिबन्धको डरबिना सहायतालाई अघि बढाउन सकून’ गुटेरसले भनेका छन् ।

गत अगस्टमा तालिबानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि अफगान केन्द्रिय बैंकको ९.५ बिलियन डलर विदेश बैंकमा रोकिएको छ भने अन्तर्राष्ट्रिय सहायता पनि ठप्प छ । दाताहरुले उक्त रकम तालिवानले मानवअधिकारको सुनिश्चित गरेमात्र खुला गर्न सकिने जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर