एमालेलाई कवि अर्जुन पराजुलीको व्यंग्य- सबै बग्यो, घमण्ड बगेन ! – Nepal Press

एमालेलाई कवि अर्जुन पराजुलीको व्यंग्य- सबै बग्यो, घमण्ड बगेन !

काठमाडौं । केपी ओली प्रधानमन्त्री छँदा सरकारविरुद्ध कवितामार्फत तीखो प्रहार गरेर चर्चामा आएका थिए कवि अर्जुन पराजुली । प्रधानमन्त्रीबाट हटेपछि पनि ओली र एमालेलाई उनले आफ्नो निशाना बनाउन छाडेका छैनन् ।

हिजो सम्पन्न राष्ट्रियसभाको चुनाव परिणाम र त्यसप्रति एमाले पंतिबाट आएको प्रतिक्रियालाई लक्ष्यित गर्दै पराजुलीको नयाँ हस्तलिखित कविता सामाजिक सञ्जालमा आएको छ । उनले सबैथोक गुमाइसक्दा पनि एमालेको घमण्ड नतोडिएको भन्दै कवितामार्फत व्यंग्य गरेका छन् ।

पराजुलीको कविता यस्तो छः

घमण्डको बाढीले
मान बगायो
शान बगायो
इतिहास बगायो
वर्तमान बगायो
खेत बगायो
हलगोरु बगायो
साली-साला बगायो
बा-आमा बगायो
छोराछोरी बगायो
तैपनि
घमण्ड बगाएन

हिजो भएको राष्ट्रियसभा चुनाव परिणाम अपेक्षितरूपमा सत्तारुढ गठवन्धनको पक्षमा आएको थियो । यद्यपि, गठवन्धनलाई ‘क्लीन स्वीप’ गर्न रोकेको भनेर एमालेजनहरू गर्व गरिरहेका छन् । सामाजिक सञ्जालमा उनीहरूले राखेको तर्क छ- सबै पार्टी मिल्दा पनि एउटा सिटमा हामीले जित्यौं र ठूलो पार्टीको हैसियत कायम राख्यौं ।

यद्यपि, आलोचकहरूले भने यसलाई एमालेको दम्भका रूपमा चित्रण गरेका छन् । पराजुलीले पनि यही लाइनमा कविता कोरेका हुन् ।
२०६२/६३ को जनआन्दोलनमा राजनीतिक सभाहरुमा व्यंग्य कविता भनेर पराजुली चर्चामा आएका थिए । नेपालकै महँगो एक विद्यालयका सञ्चालकसमेत रहेका उनी पछिल्लो समय एमाले र ओलीका कट्टर आलोचकका रूपमा उदाएका छन् ।

एमाले सरकार छँदा लगातार व्यंग्य कविताको वाण प्रहार गरेर उनी भाइरल बने । देउवा सरकारका गलत क्रियाकलापविरुद्ध भने उनको सिर्जना खासै फुरेको छैन ।


प्रतिक्रिया

6 thoughts on “एमालेलाई कवि अर्जुन पराजुलीको व्यंग्य- सबै बग्यो, घमण्ड बगेन !

  1. पाठकले पत्याउन छोडेपछि,राजनितिक दलको पैसा लिएर अराएको विषयमा लेखेको कवितालाई कृति भनिदैन,विकृति भनिँन्छ ।

  2. राजनितिक दलको पैसा लिएर अराएको विषयमा लेखेको कवितालाई कृति भनिदैन,विकृति भनिँन्छ ।

  3. सत्ता पक्षकाे वारेमा लेख्न त कविता फुर्नु पराेनि ।

  4. लेखक कवि केही हाेईन दलाल हाे । अरू दलले पैसा दिएर एमाले विरूद्व लेख भनेर दलाली भाग दिए । दलालले मालिककाे आदेश पालना गर्याे ।

  5. यो पनि कुनै न कुनै रुपको बिकृती नै होईन र??यदि हैन भने यो साहित्य अथवा कविता नभई एउटा स्तुति गान भन्दा फरक नपर्ला कि??

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर