आइभरी कोस्टलाई पेनाल्टीमा हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा – Nepal Press

आइभरी कोस्टलाई पेनाल्टीमा हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

काठमाडौं । पूर्व च्याम्पियन आइभरी कोस्टलाई पेनाल्टी शुटआउटमा पराजित गरी मोहम्मद सलाह प्रेरित इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मालीमाथि सडनडेथमा जित निकाल्दै गिनी पनि प्रतियोगिताको अन्तिम आठमा पुगेको ।

इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५–४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।

अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति नै ​मालावीलाई २–१ गोल अन्तरले हराउँदै मोरोक्को अन्तिम आठमा पुगिसकेको छ ।

मालीलाई सडनडेथमा पराजित गर्दै गिनी अन्तिम आठमा प्रवेश गरेको छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो ।

पेनाल्टी समेत ३–३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । जहाँ गिनीले बाजी मारेको हो । अब गिनीले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *