राज्यमन्त्रीका सुरक्षाकर्मी मृत भेटिए – Nepal Press

राज्यमन्त्रीका सुरक्षाकर्मी मृत भेटिए

कैलाली । कैलालीमा एक जना प्रहरी हवल्दार मृत फेला परेका छन् ।

प्रहरी हवल्दार रमेशदत्त जोशी धनगढी उपमहानगरपालिका-३ स्थित गुरुद्वारामार्गस्थित आफ्नै घरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डीएसपी बेदप्रकाश जोशीले जानकारी दिए ।

उनी सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहराका ‘पीसओ’ अर्थात निजी सुरक्षाकर्मी हुन् ।

उनका परिवारका अन्य सदस्यहरू आफन्तको बिहेमा गएको र ऊनी घरमा एक्लै रहेको अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै कोठामा हिटर बालेर ढोका बन्द गरेर सुतेको अवस्थामै मृत भेटिएको प्रहरीको भनाइ छ । उनी केही दिनदेखि बिरामी रहेको डीएसपी जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर