गठबन्धनको ‘क्लिनस्वीप’ राेक्दै प्रदेश १ मा एमालेका शेर्पा विजयी – Nepal Press

गठबन्धनको ‘क्लिनस्वीप’ राेक्दै प्रदेश १ मा एमालेका शेर्पा विजयी

विराटनगर । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी भएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।

उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए । शेर्पाले ४७३४ मत भारसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राई पराजित बनेका छन् । राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे । जसपाका नेता राईलाई गठबन्धनले अगाडि सारेको थियो ।


प्रतिक्रिया

One thought on “गठबन्धनको ‘क्लिनस्वीप’ राेक्दै प्रदेश १ मा एमालेका शेर्पा विजयी

Leave a Reply to ksp pyl Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर