८४५४ जना संक्रमित थपिए, सक्रिय संक्रमण ९० हजार नाघ्यो – Nepal Press

८४५४ जना संक्रमित थपिए, सक्रिय संक्रमण ९० हजार नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ८४५४ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुना (५५७१ पीसीआर र ६८१० एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले ४१.१ दैनिक संक्रमणदर भएको बताए । उनले संक्रमणदर उकालो लागिरहेको समेत जनाए ।

‘संक्रमितको संख्या उकालो लाग्दै जाँदा अस्पतालमा बिरामीको चाप बढ्न सक्छ’ पौडेलले भने । बुधबार थप ४४३३ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

संक्रिय संक्रमित संख्या ९० हजार नाघेको छ । २ लाख ५६ हजार ४१६ जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर