ड्यानेली कोलिन्स र स्वायटेक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा – Nepal Press

ड्यानेली कोलिन्स र स्वायटेक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

काठमाडौं । विश्व वरीयताको २७औं स्थानकी अमेरिकी खेलाडी ड्यानेली कोलिन्स यस वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको सेमिफाइनल प्रवेश गरेकी छिन् ।

बुधबार मेलबर्न पार्कमा सम्पन्न क्वाटरफाइनल खेलमा कोलिन्सले फ्रेन्च खेलाडी अलिजे कोर्नेटलाई ७-५,६-१ को नतिजामा हराउँदै सेमिफाइनलमा स्थान बनाएकी हुन् ।

कोलिन्स योसहित दोस्रोपटक अष्ट्रेलियन ओपनको सेमिफाइनल पुगेकि हुन् । यसअघि २०१९ मा सेमिफाइनलबाट बाहिरिएकी थिइन् । उनले फाइनल प्रवेशका लागि वरीयताको सातौं स्थानकी इगा स्वायटेकसँग प्रतिस्पर्धा गर्ने छिन् ।

स्वायटेकले क्वाटरफाइनलमा किया कानेपीलाई ४-६, ७-६ (७-२), ६-३ को नतिजामा पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी थिइन् ।

सन् २०२० को फ्रेन्च ओपन च्याम्पियन स्वायटेक पहिलोपटक अस्ट्रेलियन ओपनको सेमिफाइनल पुगेकी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर