मतदान गर्न हिँडेका सांसद र गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना – Nepal Press

मतदान गर्न हिँडेका सांसद र गाउँपालिका अध्यक्ष चढेको गाडी दुर्घटना

रुपन्देही । राष्ट्रियसभा निर्वाचनको मतदानका लागि बुटवलबाट दाङ घोराही जाँदै गरेको लुम्बिनी प्रदेशसभा सदस्य तुल्सी चौधरी र सुनिता ठठेरसहित सुद्धोधन गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटनामा परेको छ ।

पुर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कपिलवस्तुको धानखोला र दाङको भालुबाङको बीचमा पर्ने कालाकाटेमा स्कारपियो र ट्रक ठक्कर खाँदा प्रदेशसभा सदस्य चौधरी र गाउँपालिका उपाध्यक्ष शान्तिदेवी ज्ञवाली घाइते भएका छन् ।

प्रदेशसभा सदस्य ठठेर र गाउँपालिका अध्यक्ष किसुनचन्द चौधरी भने सामान्य रहेको एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । ‘तुल्सी जी र शान्ती जिलाई चोट लागेको छ, अरु दुईजना भने सकुशल हुनुहुन्छ’, ढकालले भने ।

सांसदद्वय र अध्यक्ष उपाध्यक्ष सवार बा २ झ ३४४४ नम्बरको स्कार्पियोलाई सुदूरपश्चिम-०१-००-१११ ख २५८४ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

घाइते चौधरी र ज्ञवाली पनि प्राथमिक उपचारपछि मतदानको लागि दाङ गएको र मतदानपछि थप उपचारको लागि अस्पताल लैजाने तयारी रहेको ढकालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *