जनकपुरमा लाठीसहित सीके राउतका कार्यकर्ताको प्रदर्शन, मतदानस्थल छिर्न खोज्दा प्रहरीसँग झडप(भिडिओ) – Nepal Press

जनकपुरमा लाठीसहित सीके राउतका कार्यकर्ताको प्रदर्शन, मतदानस्थल छिर्न खोज्दा प्रहरीसँग झडप(भिडिओ)

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनको मतदान चलिरहँदा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

‘पहिला खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनमत पार्टीका कार्यकर्ता भाटा बोकेर बिहानैदेखि विरोध प्रदर्शन गरिरहेका छन् ।

जनकपुरस्थित जिल्ला प्रहरी कार्यालयअगाडि महेन्द्रनारायण निधि प्रतिष्ठानस्थित मतदानस्थल जान खोज्दा प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि झडप सुरू भएको हो । सोक्रममा प्रहरीले दर्जनौं सेल श्रुग्यास प्रहार गरेको छ ।

झडपमा जनमतका केही कार्यकर्ता र प्रहरी घाइते भएका छन् । अहिले जनकपुरको अवस्था तनावग्रस्त छ । राष्ट्रियसभा निर्वाचनमा अवरोध संभावित अवरोधलाई ध्यान दिँदै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर