जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै (भिडिओ) – Nepal Press

जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै (भिडिओ)

काठमाडौं । राष्ट्रिय जनगणना-२०७८ को प्रारम्भिक नतिजा आज बुधबार सार्वजनिक गरिँदैछ । केन्द्रीय तथ्यांक विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या कति र विदेशमा रहेकाको संख्या आज सार्वजनिक हुन लागेको हो ।

विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार आठदेखि नौ महिनामा विस्तृत नतिजा सार्वजनिक हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *