सेनेगल र मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा – Nepal Press

सेनेगल र मोरोक्को अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा

एजेन्सी । साडियो मानेप्रेरित सेनेगल र मोरक्कोले अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनल यात्रा निश्चित गरेका छन् । मंगलबार राती सेनेगलले केप भर्डे र मोरक्कोले मालवीलाई पराजित गरेको हो ।

सेनेगलले ९ खेलाडीमा सीमित केप भर्डेलाई २-० हरायो । सेनेगलको जितमा साडियो माने र बाम्बा डिइङले १-१ गोल गरे । ६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २-० को जित दिलाए ।

खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो । भर्डेका प्याट्रिकले २१औं मिनेट र भोजिन्हाले ५७औं मिनेटमा रातो कार्ड सामना गरेका थिए । अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ ।

गएराति नै भएको अर्को खेलमा मोरक्कोले मालवीलाई २-१ ले हराउँदै क्वाटफाइनलमा पुग्यो । मोरक्कोका लागि अर्चराफ हाकिमी र युसुफले गोल गरेका थिए । मालवीका गवादिन्होले सन्त्वना गोल फर्काए ।

सेमिफाइनल प्रवेशका लागि मोरोक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर