भन्सार विभागका निर्देशक रेग्मीलाई चेम्बरको सम्मान – Nepal Press

भन्सार विभागका निर्देशक रेग्मीलाई चेम्बरको सम्मान

काठमाडौं । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका निर्देशक रामप्रसाद रेग्मी सम्मानित भएका छन् । भन्सार विभागमा उत्कृष्ट सेवा गरेवापत नेपाल चेम्बर अफ कमर्सले उनलाई आज सम्मान गरेको हो ।

अर्थसचिव मधु मरासनी र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले दोसल्ला तथा प्रमाणपत्रसहित रेग्मीलाई सम्मान गरेका थिए । भन्सर विभागमा उत्कृष्ट सेवा तथा रसुवा भन्सरमा हुँदा व्यापार सहजीकरणमा भूमिका निर्वाह गरेकाले सम्मानित गरिएको अध्यक्ष मल्लले बताए ।

रेग्मीले रसुवा, बिराटनगर, वीरगञ्ज, महेन्द्रनगर भन्सारमा झण्डै १५ वर्ष विताएर उत्कृष्ट कार्यसम्पादन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर