नेपाल-मोरिसस मैत्रीपूर्ण फुटबलमा एक तिहाइ दर्शक राखिने – Nepal Press

नेपाल-मोरिसस मैत्रीपूर्ण फुटबलमा एक तिहाइ दर्शक राखिने

काठमाडौं । मोरिसससँगको दुई मैत्रीपूर्ण फुटबल खेलका लागि अखिल नेपाल फुटबलसंघ (एन्फा) ले दर्शकलाई प्रवेश अनुमति दिने भएको छ ।

माघ १५ र १८ गते हुने खेलमा सरकारले लागू गरेको सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गरेर कुल क्षमताको एक तिहाइ दर्शकलाई मात्र रंगाशालामा प्रवेश दिइने एन्फाले जनाएको छ ।

खेलको टिकटदर भीआईपीतर्फ एक हजार र सामान्यतर्फ पाँच सय तोकिएको छ र, दुवै खेल दशरथ रंगाशालामा हुनेछ ।

मोरीसस टोली सोमबार नेपाल आइसकेको छ ।

नेपाली खेलाडीको अन्तिम नामावली सार्वजानिक गरिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर