प्रिय माधव नेपाल ! गाउँ/नगरसभा र कार्यपालिका फरक हुन्, चुनाव गर भन्नु वितण्डा हो ? – Nepal Press
विचार

प्रिय माधव नेपाल ! गाउँ/नगरसभा र कार्यपालिका फरक हुन्, चुनाव गर भन्नु वितण्डा हो ?

नेपाल प्रेसमा एउटा समाचार पढेँ । माधव नेपालले अर्को वर्ष चैतसम्म स्थानीय चुनाव गर्न सकिने भन्दै वैशाखभित्रै चुनाव गर्नुपर्ने आवाजलाई एमालेको वितण्डा भन्नुभएछ ।

हुन त चुनाव भनेपछि प्रतिगमन र वितण्डा देख्ने उहाँहरूमा संक्रमण भएको कडा रोग हो । तर, प्रिय माधव नेपालले संविधानको धारा २२५ को सिरानी हालेर २०७९ चैतमा चुनाव गर्न सकिने तर्क गरेको सुनेपछि उहाँलाई केही स्मरण गराउनैपर्ने भयो ।

प्रिय माधव नेपाल ! संविधानको धारा २२५ ले गाउँसभा र नगरसभाको कार्यकालको कुरा गरेको छ । पढ्ने बानी त छैन होला, एमालेलाई गाली गर्नेबाहेक संविधान कानूनतिर नजर लाउनु परेको छैन ।

संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले ५ वर्षको हुनेछ । त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँसभा र नगरसभाको निर्वाचन सम्पन्न गर्नु पर्नेछ भनेर लेखिएको छ ।

स्थानीय तह निर्वाचन सम्बन्धी ऐन एउटै हो । त्यही कानून स्वीकार गरेर चुनाव लडेपछि वैशाख २९ मा भएको निर्वाचन होस् वा असोज २ सबैलाई एउटै लागू हुन्छ । सबैको अवधि जेठ ५ गते सकिन्छ । यो कुरा प्रिय माधव नेपालले बुझ्न जरुरी छ ।

प्रिय माधव नेपालले जुन गाउँसभा र नगरसभाको कुरा गर्नुभएको छ ती भनेका प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिमात्र होइनन् । संविधानको धारा २१५ र २१६ पढ्न सक्नुहुन्छ भने एकपटक पढ्नु होला । गाउँपालिका र नगरपालिकाका निर्वाचित जनप्रतिनिधिको कार्यकालबारे प्रष्ट उल्लेख छ ।

प्रिय माधव नेपालले भनेका गाउँसभा र नगरसभामा प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिामात्र हुँदैनन् । ती सभामा महिला, दलित, अल्पसंख्यक समेत समावेशी मिलाएर प्रत्यक्ष निर्वाचित कार्यकारीले मनोनीत गरेका व्यक्तिहरू पनि हुन्छन् ।

कार्यपालिकामा निर्वाचित सदस्यका अतिरिक्त अन्य सदस्य जो आउँछन् तीनको निर्वाचन चाहिँ ६ महिनाभन्दा उता जानु हुँदैन भनेर संविधानको धारा २२५ को व्यवस्था गरिएको हो ।

संविधान र कानून बाझिएको भनेर अहिले प्रिय माधव नेपालको सत्ता गठबन्धनले अर्को वितण्डा मच्चाउँदैछ । संविधानमा प्रष्ट रुपमै स्थानीय तहका जनप्रतिनिधिको अवधि निर्वाचित भएको मितिले ५ वर्ष हुने भनिएको छ । संधिवान र स्थानीय तह निर्वाचन सम्बन्धी कहिँ बाझिएकै छैन ।

स्थानीय निर्वाचन सम्बन्धी ऐन २०७३ मा निर्वाचन गर्ने व्यवस्था किन राखेको हो भने स्थानीय तह खाली गर्न हुँदैन भनेर जानेर बुझेरै दुई महिना अघिनै निर्वाचन गर्ने भनिएको हो । निर्वाचित हुनेको पूर्णअवधि गणना हुन्छ । त्यसपछि नयाँ निर्वाचितलाई हस्तान्तरण गर्छ ।

अमेरिकामा चुनावबाट नयाँले जितेपछि पनि दुई महिनासम्म राष्ट्रपति पूरानै रहन्छ । पूरानाको कार्यकाल सकिएपछि नयाँलाई हस्तान्तरण गर्छ । हामीले स्थानीय तहको व्यवस्था त्यस्तै गरेको हो । एक दिन पनि स्थानीय तह रिक्त रहन हुँदैन भनेर ।

प्रिय माधव नेपालको अर्को कुतर्क २०७४ असोज ७ गते अन्तिम परिणाम आएको मितिलाई गनेर ६ महिनाभित्रमा चुनाव गर्न सकिने भन्ने रहेछ । पहिलो कुरा ६ महिनाभित्र भनेको गाउँ र नगरसभाको कुरा हो,कार्यपालिकाको कुरा होइन । दोस्रो चाहिँ संविधानले ५ कार्यकाल तोकेको हुनाले २ महिना अघि नै चुनाव गर्ने भनेर ऐनमा व्यवस्था भएको हो । स्थानीय तहको पहिलो चरणको चुनाव जुन दिन भएको हो त्यसैलाई आधार मानेर निर्वाचितहरूको पदावधि गणना हुन्छ ।

गठबन्धनकै सहारामा चुनाव लड्नुस्, कांग्रेसकै चुनाव चिन्ह लिए पनि हुन्छ तर चुनावबाट भाग्ने र चुनाव हुनुपर्छ भन्नेहरू सबैलाई एमालेको वितण्डा भन्न छाड्नुस् । प्रिय माधव नेपाललाई मेरो सुझाव ।

ऐनमै विभिन्न चरणमा चुनाव भयो भने पहिलो चरणको निर्वाचन तोकिएको मितिले सात दिन भनेको छ । २०७४ वैशाख २९ गते पहिलो चरणको निर्वाचन भएकाले त्यही दफाका आधारमा निर्वाचन आयोगले २०७९ जेठ ६ गतेबाट स्थानीय तह रिक्त हुन्छन् भन्यो । हामीले भनेको पनि त्यही हो ।

स्थानीय तह निर्वाचन सम्बन्धी ऐन एउटै हो । त्यही कानून स्वीकार गरेर चुनाव लडेपछि वैशाख २९ मा भएको निर्वाचन होस् वा असोज २ सबैलाई एउटै लागू हुन्छ । सबैको अवधि जेठ ५ गते सकिन्छ । यो कुरा प्रिय माधव नेपालले बुझ्न जरुरी छ ।

संविधान र कानूनको व्याख्या राजनीतिक दल र माधव नेपालको अनुकुल हुँदैन । स्थानीय तह खाली गर्नु वितण्डा हो कि,निर्वाचन समयमै गर्नु वितण्डा हो ? प्रिय माधव नेपालसँग मेरो प्रश्न छ । संविधानअनुसार चल्नु वितण्डा कि संविधानमा प्वाल खोज्दै हिँड्नु वितण्डा ? यसको जवाफ जनताले खोज्नेछन् ।

गठबन्धनकै सहारामा चुनाव लड्नुस्, कांग्रेसकै चुनाव चिन्ह लिए पनि हुन्छ तर चुनावबाट भाग्ने र चुनाव हुनुपर्छ भन्नेहरू सबैलाई एमालेको वितण्डा भन्न छाड्नुस् । प्रिय माधव नेपाललाई मेरो सुझाव ।


प्रतिक्रिया

8 thoughts on “प्रिय माधव नेपाल ! गाउँ/नगरसभा र कार्यपालिका फरक हुन्, चुनाव गर भन्नु वितण्डा हो ?

  1. दर्हाे दिनुभयाे अनैतिकलाई । खुब स्वाद आयाे मलाई त । यी गठबन्धनका हरेक काम कुरालाई यसरी नै कडा रूपमा दिनुपर्छ भनेर नै मैले
    पनि अनलाईनहरूमा प्रतिक्रिया दिने गरेकाे छु ।

  2. याे प्रिय प्रिय भन्ने शब्द यस्ता धाेकेबाज लाई प्रयाेग गरेकाे मा मेराे अ‍ापती छ खरेल जी।

  3. बकम्फुसे लेख। पहिलो चुनाब बैशाख २९ गते??????

  4. विशेषण ठिक लाग्यो,चुनाव हुनुपर्छ ।

  5. यो प्रिय भन्ने शब्द चाहिँ यस्ता गद्दार लाई मिल्दैन सर

  6. संविधानको धारा २१५(४) र धारा २१६(४) मा गाउँ सभा वा नगर सभाको निर्वाचनको अन्तिम परिणाम प्राप्त भएको मितिले १५ दिनभित्र गाउँ सभा वा नगर सभाले निर्वाचित गरेका सदस्यहरु पनि सभा र कार्यपालिका दुबैको सदस्य हुने ब्यवस्था छ । यो १५ दिनमा पूर्णता देउ भनीरहेको अवस्थामा धारा २२५ को ६ महिना भन्ने कुराको कुनै औचित्य छैन । संविधानमा गडबड पक्कै छ । संविधानक धारा २२५ को पछिल्लो वाक्याशं हटाईदिदा ठीक हुन्छ ।

  7. धेरै चित्तबुझदो विश्लेषणलाई धन्यवाद ।निर्वाचन तोकेकै समयमा हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *