१२ हजार कोभिड संक्रमित थपिए, थप आठजनाको मृत्यु – Nepal Press

१२ हजार कोभिड संक्रमित थपिए, थप आठजनाको मृत्यु

काठमाडौं उपत्यकामा ६१७२ संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १२ हजार ८ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २५ हजार ९०९ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

जसमध्ये १८ हजार १०३ नमुना पीसीआर परीक्षण गर्दा ९४३२ संक्रमित र ७८०६ एन्टीजेना परीक्षण गर्दा २५७६ संक्रमित पुष्टि भएका हुन् ।

आज थप ८ जनाको मृत्यु भएको छ भने ३०४० जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ८८ हजार ९३४ पुगेको छ ।

आजको दैनिक संक्रमण दर ४६.३४ प्रतिशत छ भने पछिल्लो २४ घण्टामा २ लाख ३९ हजार ८५१ जनाले खोप लगाएका छन् ।

मंगलबार काठमाडौं उपत्यकामा ६१७२ जना संक्रमित थपिएका छन् जसमध्ये काठमाडौंमा ४८७५, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना संक्रमित थपिएका छन् ।

अहिले कूल संक्रमित संख्या १० लाख ४५ हजार ६३४ छ । कूल मृत्यु हुने संख्या अहिलेसम्म ११ हजार ६६७ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर