जापानले नेपाललाई १० अर्ब ४७ करोड ऋण सहायता दिने, राजदूत र अर्थसचिवद्वारा सम्झौतामा हस्ताक्षर – Nepal Press

जापानले नेपाललाई १० अर्ब ४७ करोड ऋण सहायता दिने, राजदूत र अर्थसचिवद्वारा सम्झौतामा हस्ताक्षर

काठमाडौं । जापानले नेपाललाई १० अर्ब ४७ करोड बराबरको सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । अर्थसचिव मधुकुमार मरासिनी र जापानी राजदूत किकुता युताकाले ऋणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

जापानी दूतावासले विज्ञप्ति जारी गर्दै आर्थिक वृद्धि र पुनउत्र्थानका लागि जापानले ऋण प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

यसैबीच, ऋणसम्झौतालाई कार्यान्वयन गर्नेबारे सम्झौतापत्रमा आजै जापानी सहायता नियोग जाइकाका प्रमुख प्रतिनिधि आसाकुमा युमिको र अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता र समन्वय शाखाका सहसचिव इश्वरीप्रसाद अर्यालबीच हस्ताक्षर भएको छ ।

जापानी दूतावासले नेपालले मिहेनतपूर्वक हासिल गरेको विकासका उपलब्धीलाई कोभिड महामारीले धक्का दिएको उल्लेख गरेको छ । ‘नेपालको आर्थिक स्थायित्व र विकासका लागि हामीले आर्थिक सहायता दिने निर्णय गरेका छौं’ जापानी दूतावासको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

One thought on “जापानले नेपाललाई १० अर्ब ४७ करोड ऋण सहायता दिने, राजदूत र अर्थसचिवद्वारा सम्झौतामा हस्ताक्षर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर