‘बधाइ दो’ ट्रेलर रिलिज : होमोसेक्सुअल सम्बन्धको कथामा राजकुमार र भूमिको रोमान्स – Nepal Press

‘बधाइ दो’ ट्रेलर रिलिज : होमोसेक्सुअल सम्बन्धको कथामा राजकुमार र भूमिको रोमान्स

मुम्बई । राजकुमार राव र भूमी पेड्नेकर अभिनित बलिउड कमेडी फिल्म ‘बधाई दो’ इन्टरनेट रिलिज भएको छ ।

भारतको राष्ट्रिय अवार्ड समेत जितेको फिल्म बधाई होको सिरिज रहेको यो फिल्मले भारतीय समाजमा बिहेमा उत्पन्न हुने एक अवस्थाको चित्रण गर्छ । नेपाली बक्सअफिसमा समेत यो फिल्मले राम्रो कमाइ गरेको थियो ।

सुमन सिंह नामक गरेको ३१ वर्षिय भौतिक शिक्षाको शिक्षकको रुपमा भूमिले यसमा अभिनय गरेकी छिन् । उक्त पात्रको रुचि विपरित लिंगीतर्फ नभएर महिलातर्फ नै हुन्छ ।

पारिवारिक दबाबबाट भाग्न उनले शार्दुल ठाकुर (राजकुमार राओ) नामक एक प्रहरी अधिकृतसँग बिहे गर्छिन् । सुमन र शार्दुलबीच रुममेट भएर सँगै बस्ने सहमति त हुन्छ तर, उसको प्रेमिका बस्न आउँदा भने समस्या खडा हुन्छ ।

परिस्थिती थप जटिल हुन्छ जब उनका परिवारले बच्चा जन्माउन उनीहरुलाई दबाब दिन्छन् । तर, ट्रेलरको अन्त्यमा एउटा सिक्रेट सार्वजनिक हुन्छ । अर्थात, ऊ स्वयम पनि होमोसेक्सुअल हो ।

बधाई दोको मुख्य कथावस्तुको मुख्य सार भनेको होमोसेक्सुआलिटीलाई लुकाउन पुरुष र महिलाबीच हुने बिहे सम्बन्ध हो । अभिनेता रावले वर्तमान परिस्थितीमा यो कथावस्तु सान्दर्भिक हुने र दर्शकले इन्जोय गर्ने बताउँछन् । फिल्मलाई हर्षवद्र्धन कुलकर्णीले निर्देशन गरेका हुन् ।

फेब्रुअरी ११ मा रिलिज मिति घोषणा भएको छ ।

हेर्नूस ट्रेलर :

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *