परिवार नै क्रिप्टो करेन्सी कारोबारमा, ३७ करोड ६४ लाख रूपैयाँ बिगोसहित मुद्दा दायर – Nepal Press

परिवार नै क्रिप्टो करेन्सी कारोबारमा, ३७ करोड ६४ लाख रूपैयाँ बिगोसहित मुद्दा दायर

काठमाडौं । राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सीको कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करोड ६४ लाख ११ हजार १ सय रूपैयाँ बिगो दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

कैलालीको लम्किचुवा स्थायी घर भएका दिनेश खड्का, उनकी दिदी भगवती, बुबा नरबहादुर र साथी अनिता धितालविरुद्ध मुद्दा दायर भएको हो ।

विभागका अनुसार दिनेशले आफू र परिवारका सदस्यको नाममा क्रिप्टो करेन्सीको कारोबार गरेका थिए । दिनेशले आफ्नो बैंक अकाउन्टबाट ९ करोड ७९ लाख ९८ हजार ५ सय ८१ रुपैयाँको कारोबार गरेको दाबी गरिएको छ । यसैगरी भगवतीको बैंक खाताबाट २० करोड ४२ लाख ९४ हजार ५ सय २६ रुपैयाँ कारोबार भएको विभागको दाबी छ ।

नरबहादुरको बैंक खाताबाट एक करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँ र अनिताको बखाताबाट ५ करोड ७७ लाख ६ हजार ८६ रुपैयाँको कारोबार भएको विभागले जनाएको छ ।

विभागका अनुसार क्रिप्टो करेन्सीको कारोबार ई-स्कील, बाइनान्स नामक मोबाइल एप्लिकेन्सबाट भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *