रुपन्देहीको घोडाहा जंगलमा आमाछोरीको शव भेटियो

२०७८ माघ ११ गते १५:५२

सांकेतिक तस्विर
रूपन्देही । पूर्वपश्चिम राजमार्गस्थित रुपन्देहीको देवदह नगरपालिका घोडाहा जंगलमा आमाछोरीको शव भेटिएको छ ।
एक जना अधवैंशे महिला र अन्दाजी ७ वर्षीया बालिका मृत अवस्थामा भेटिएको स्थानीय सिद्विचरण भट्टराईले जानकारी दिए । देवदह प्रहरी चौकीबाट टोली पुगेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।
प्रतिक्रिया
सम्बन्धित खवर