बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको एग्रिमो प्राप्त, अमेरिका र भारतको अझै आएन – Nepal Press

बेलायतका लागि प्रस्तावित राजदूत आचार्यको एग्रिमो प्राप्त, अमेरिका र भारतको अझै आएन

२० नियोग अझै खाली

काठमाडौं । बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको स्वीकृति (एग्रिमो) प्राप्त भएको छ । संसदीय सुनुवाइ पुरा गरेर बेलायतसहित अमेरिका र भारतमा समेत एग्रिमोका लागि राजदूतको नाम पठाइएको थियो ।

कात्तिकमा बेलायतका लागि आचार्यसहित भारतका लागि डा. शंकर शर्मा र अमेरिकाको लागि श्रीधर खत्रीलाई राजदूत सिफारिस गरिएको थियो ।

परराष्ट्र स्रोतले बेलायतका लागि राजदूत सिफारिस आचार्यको एग्रिमो प्राप्त भएको जनाएको छ । अघिल्लो सरकारको पालामा नियुक्त भएका राजदूतलाई फिर्ता बोलाएर नयाँ राजदूत सिफारिस गरिएको थियो ।

संसदीय समितिले उनीहरुको सुनुवाइ गरेपनि परराष्ट्रले भने अहिलेसम्म राजदूत नियुक्त गरेको छैन । उनीहरुको पदभार हस्तान्तरण प्रक्रियामा रहेको परराष्ट्रले जनाएको छ ।

अर्को शक्तिशाली मुलुक तथा उत्तरी छिमेकी चीनको लागि भने राजदूत सिफारिस भएको छैन । विभिन्न कूल ३० वटा नियोगमध्ये २० वटा नियोग राजदूतविहिन छन् ।

नेपाली कामदारको बढी आवतजावत हुने मुलुकहरु दक्षिण कोरिया र श्रीलंकामा राजदूत नहुँदा काम प्रभावित भएको गुनासो आइरहेको छ । परराष्ट्र मन्त्रालयले आफ्नो तर्फबाट राजदूतको नाम टुंगो लगाएपनि राजनीतिक आधारमा नियुक्त हुनेको नाम चाहिँ टुंगो लाग्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर