विवादपछि ‘थिरिमाली’ले हटायो आइटम डान्स भिडिओबाट जसिता र अदितीको फोटो – Nepal Press

विवादपछि ‘थिरिमाली’ले हटायो आइटम डान्स भिडिओबाट जसिता र अदितीको फोटो

काठमाडौं । केही दिनअघि दक्षिण भारतीय फिल्म थिरिमालीको आइटम गीत ‘रंग बिरंगी’ इन्टरनेट रिलिज भयो । सो गीतमा नेपाली अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छिन् । तर, स्वस्तिमाको उक्त नृत्यलाई ओझेलमा पार्ने गरि अर्को एक कुराले चर्चा पायो । उक्त गीतमा अन्य दुई नेपाली नायिका जसिता गुरुङ र अदिती बुढाथोकीको तस्बिर समेत फिचर्ड थियो ।

तर, सो गीतमा अदिती र जसिताको तस्बिर प्रयोगलाई ‘दुरुपयोग’ भन्दै चर्चा सुरु भएपछि एकाएक उक्त गीतले बहस निम्तायो । स्वस्तिमाको आइटम डान्स रहेको उक्त भिडिओलाई लिएर विवाद भएपछि अहिले भने निर्माताले सो गीतबाट अदिती र जसिताको फोटो हटाएका छन् । यद्यपी, नेपालकै हिट नायिका समेत रहेकी स्वस्तिमाले उक्त गीत गर्नु हुने थियो वा थिएन भनेर पनि सामाजिक संजालमा बहस चाहिँ भैरहेको छ ।

उक्त गीतमा आफूहरुको फोटो प्रयोग गरिएको भन्दै जसिता र अदितीले कानूनी उपचार खोज्ने समेत बताएका थिए । यद्यपी, निर्माताले पनि उनीहरुबीच तस्बिर प्रयोग गर्न अनुमति लिएका थिएनन् । सार्वजनिक फिगरको तस्बिरलाई प्रयोग गर्न पाइने अन्तर्राष्ट्रिय अभ्यास रहेको तर्क उनीहरुको थियो । तर, फिल्मको नेपाली टिमले दक्षिण भारतीय कम्पनीसँग यस विषयमा कुरा गरेपछि अहिले गीतको भिडिओमा उक्त विवादित तस्बिरलाई हटाइएको छ ।

मलायलाम भाषाको उक्त दक्षिण भारतीय फिल्मको केही हिस्सा नेपालमा पनि छायांकन भएको छ । पदयात्रामा आउने केही भारतीय पात्रहरुको कथावस्तुमा आधारित रहेको उक्त फिल्मको ट्रेलरमा समेत नेपालका दृश्य समावेश छन् र स्वस्तिमा तथा माओत्से गुरुङले समेत यसमा अभिनय गरेका छन् । यस फिल्मको नेपाल निर्माताको रुपमा सरोज न्यौपाने हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *