नेपालको एप्पल इन्टरटेनमेन्ट र हलिउडको वार्नर ब्रोजबीच सम्झौता : एप्पललाई फिल्म वितरण लाइसेन्स – Nepal Press

नेपालको एप्पल इन्टरटेनमेन्ट र हलिउडको वार्नर ब्रोजबीच सम्झौता : एप्पललाई फिल्म वितरण लाइसेन्स

ब्याटम्यानलाई फागुन २० मा रिलिज गर्ने

काठमाडौं । नेपाली फिल्म वितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट हलिउड कम्पनी वार्नर ब्रोजको आधिकारिक नेपाल वितरक बनेको छ । दुबै कम्पनीबीच यसैसाता सम्झौता पत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

सम्झौतापछि अब वार्नर ब्रोजका सबै फिल्मको नेपाल रिलिज एप्पल इन्टरटेनमेन्टले गर्नेछ । जसअन्तर्गत एप्पलले वार्नर ब्रोजको पहिलो फिल्म ‘द ब्याटम्यान’ रिलिज गर्र्नेछ ।

‘दुबै कम्पनीबीच यसै महिना सम्झौता भएको छ र जसअनुसार हामीले ब्याट रिलिज गर्नेछौं’ एप्पलकी जेनिश पहारीले नेपाल प्रेसलाई भनिन्, ‘हलिउडको अर्को प्रतिष्ठित स्टुडियोसँग सहकार्य गर्न पाउँदा हामी खुशि छौं ।’

एप्पल हलिउडका डिज्ने, युनिभर्सल, ट्वेन्टिथ सेन्चुरी फक्स र जापानी एनिमे फिल्मका आधिकारिक नेपाल वितरक समेत हो । कोरोनाको तेस्रो लहरअघि एप्पलले पहिलोपटक जापानी एनिमे फिल्म रिलिज गरेको थियो ।

ब्याटम्यान आगामी मार्च ४ (फागुन २०)मा देशव्यापी प्रदर्शनमा आउँदैछ । फिल्ममा रोबर्ट प्याटिसन ब्याटम्यानको रुपमा देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *