क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु – Nepal Press

क्यामरुनको रंगशालामा भागदौड हुँदा ६ जनाको मृत्यु

एजेन्सी । क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु हुनुका साथै एक दर्ज भन्दाबढी घाइते भएका छन् ।

सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनु अगाडि सो भागदौड भएको क्यामरुनको सरकारी टेलिभिजनले जनाएको छ ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा  भागदौड हुँदा दुखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ ।

अफ्रिकन फुटबल महासंघले घटनाप्रति चासो देखाएको छ । घटनाबारे क्यामरुन प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

यसैबीच क्यामरुन र  गाम्बिया  अफ्रिका कप अफ नेसन्स फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सोमबार राति भएको खेलमा घरेलु टोली क्यामरुनले १० खेलाडीमा सीमित कोमोरोसलाई २-१ ले पराजित गर्‍याे ।

खेलअघिकाे भागदाैडमा ठूलाे हताहती हुँदा पनि खेललाई जारी राख्न सफल क्यामरुनले क्वाटरफाइनलकाे यात्रा तय गर्दै पीडामा मल्हम लगाउने प्रयास गरेकाे छ ।

गएराति नै भएको खेलमा गाम्बियाले गिनीलाई १-० ले हरायाे । गाम्बियाको जितमा मुसा बारोले खेलको ७१औं मिनेटमा  निर्णायक गोल गरे । दुबै टोलीले १० खेलाडी रहेर खेल सम्पन्न गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *