मुख्यमन्त्रीको सम्पत्ति– काठमाडौंमा घरजग्गा, हुम्लामा झोपा जुमा र भेडाबाख्रा (विवरणसहित)


सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा राखिएको सम्पत्ति विवरण अनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ-ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ ।
हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८.२५ क्षेत्रफलमा जग्गा, बाँके जिल्लाको खजुरामा २ बिघा (करिब १० लाख बराबरको) जग्गा रहेको उल्लेख गरिएको छ ।
यो सम्पती सबै पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन् ।
चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
जीवनजी असल व्यवसायी हुनुहुन्थ्यो।नढाँटी सम्पत्ति विवरण सार्वजनिक गर्नु भयो भनेर विश्वास गरौँ।
यति जाबो सम्पत्ती त आजकाल खासै धेरै त हैन इमानदारिसाथ बिबरण दिएकोमा जीबनजी लाई धन्यबाद !बाबू बाजेको भिर पखेरो गणना गर्यो भन्यो मेरै त शेर बहादुरको भन्दा धेरै होला !
गंगा चाैधरी ले एक गहना लाएको मा आत्तिएका भ्रष्टाचार हरु
एस्मा टिकै हो भन्छन् थु