भोलिदेखि कास्की प्रशासनले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने

२०७८ माघ १० गते १६:१६

कास्की । कोरोनाको तेस्रो लहरको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवाहरु मंगलबारदेखि बन्द गर्ने भएको छ ।
कार्यरत केही कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रवाह रोकिएको प्रशासनले जनाएको छ ।
कर्मचारीहरुमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखा परेपछि संक्रमण फैलिन नदिन शान्ति सुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक बाहेकका सेवाहरु अर्को सूचना जारी नभए सम्मका लागि स्थगन गरेको जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर