श्रीमतीको हत्या गरी फरार – Nepal Press

श्रीमतीको हत्या गरी फरार

कैलाली । कैलालीमा गएराती एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । गोदावरी नगरपालिका वडा नं ९ स्थित बल्मीका स्थानिय ४२ वर्षका परशुराम रोक्कामगरले ४० वर्सकी श्रीमती भावना रोक्कामगरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

श्रीमतीको हत्या गरेर उनी फरार भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

घर झगडाकै बेला रोकामगरले आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको प्रहरीको भनाइ छ । फरार अभियुक्तको खोजी भइरहेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डीएसपी नवराज पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *