ललितपुर महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द – Nepal Press

ललितपुर महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । ललितपुर महानगरपालिकामा सोमबारदेखि अत्यावश्यकबाहेकका सेवा बन्द हुने भएको छ ।

महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै कोरोनाको नयाँ भरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै गएको र यसबाट महानगरपालिकामा कार्यरत कर्मचारीहरु र जनप्रतिनिधिहरु समेत संक्रमित भई उपचार एवं होम आइसोलेशनमा रहेको जनाएको छ ।

यसरी अधिकांश कर्मचारीहरु संक्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा व्यवस्थापन गर्न सक्ने स्थिति समेत नरहेको अवस्थालाई मध्यनजर गरी सोमबारदेखि शुक्रबारसम्म (५ दिन) महानगरबाट प्रवाह गरिने अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स्, सरसफाई, नगरप्रहरी) बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरिने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सूचनामा उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर