बाँकेमा घुम्न गएकी एक किशोरीको बलात्कार, २ जना पक्राउ – Nepal Press

बाँकेमा घुम्न गएकी एक किशोरीको बलात्कार, २ जना पक्राउ

सुर्खेत । प्रहरीले बलात्कार आरोपमा दुईजनालाई पक्राउ गरेको छ । बाँकेमा घुम्न गएकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका १ का १७ वर्षीय एक किशोर अर्का एक २८ वर्षका युवा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

जाजरकोट घर भई हाल नेपालगन्जमा बस्दै आएकी १६ वर्षीया किशोरीलाई पाँच जनाको समूहले जंगलतिर पुर्याएको प्रहरीले जनाएको छ । उनी खजुरा गाउँपालिका २ पुल्चोकमा घुम्न गएको समयमा अपहरणमा परेकी थिइन् ।

प्रहरीका अनुसार खजुरा १ का ती युवाहरुले युवतीसँग गएका तीन जना साथीहरुलाई लखेटेका थिए । युवतीलाई मोटरसाईकलमा राखेर उनीहरुले जंगल पुर्‍याएका थिए ।

उनी आफ्ना साथीहरू आबिद खान, कृष्ण सिंह ठाकुर र सुरज बर्मासँग घुम्न खजुरा पुगेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर