कैलालीमा कोरोना विरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु – Nepal Press

कैलालीमा कोरोना विरुद्धको खोप लगाएको केही बेरमै एक जनाको मृत्यु

कैलाली । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही मिनेटमै एक जनाको मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका–४ ‘के’ गाउँका ५३ वर्षीय रामदास डगौराको मृत्यु भएको हो ।

स्थानीय आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाएका डगौरा घर नपुग्दै मृत्यु भएको वडाध्यक्ष भिखराम चौधरी बताए ।

‘खोप लगाएको केही बेरमै उहाँ नपुग्दै बाटेमै लड्नु भएको थियो’ उनले भने ‘लडेकै ठाउँमा उहाँको मृत्यु भएको हो ।’ आइतबार दिउँसाे करिब सवा दुई बजेतिर उनले खोप लगाएको र दुई बजेतिर उनको मृत्यु भएको वडाध्यक्ष चौधरीले बताए ।

मृतक डगौराका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वास्थ्य कार्यालय कैलालीका प्रतिनिधि, सुरक्षाकर्मी, मृतकका परिवार र जनप्रतिनिधिबिच छलफल पछि शव परीक्षणका लागि धनगढी पठाइएको वडाध्यक्ष चौधरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर