माओवादीले बोलायो केन्द्रीय समिति बैठक, पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो निर्वाचित गर्ने – Nepal Press

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो निर्वाचित गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिको बैठक माघ २७ गते बोलाएको छ । यसअघि कोरोनाको कारण बैठक पटक पटक स्थगित भएको थियो ।

शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलर जारी गर्दै २७ गते बैठक बोलाएका हुन् ।

सर्कुलरमा पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन समेत गर्ने उल्लेख छ । बैठकले बाँकी रहेको केन्द्रीय समितिलाई पूर्णता दिँदै कार्यविभाजन समेत गर्नेछ ।

यस्तै, केन्द्रीय समितिको अर्को निर्णय नभएसम्म यसअघिका सबै प्रदेश समिति, जिल्ला समन्वय समिति, विभाग र जनवर्गीय संगठनहरुको इन्चार्ज यथावत हुने पनि बताइएको छ ।

यसअघि पुस ११ देखि १८ गतेसम्म काठमाडौंमा भएको महाधिवेशन केन्द्रीय समिति घोषणा गर्दै सकिएको थियो ।

माओवादी विधानमा पदाधिकारी केन्द्रीय समितिले गर्ने उलेख छ । प्रचण्ड भने नयाँ समितिबाट अध्यक्षमा अनुमोदित भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर