आफैले चढाएर ल्याएका यात्रुबाट लुटिए पठाओ राइडर – Nepal Press

आफैले चढाएर ल्याएका यात्रुबाट लुटिए पठाओ राइडर

काठमाडौं । ललितपुरको धापाखेलमा शनिबार राती आफैले चढाएर ल्याएका यात्रुबाट पठाओ‌ चालक लुटिएका छन् ।

प्रहरीका अनुसार यात्रु सुमन तामाङले बाटोमा सहयोगीलाई ढुक्न लगाएर २५ वर्षीय पठाओ राइडर प्रविन राईलाई लुटेका थिए ।

सुमनले धापाखेलको आँखिदहमा मनराज राईलाई कुर्न लगाएर राईको मोटरसाईकल, ८ हजार रुपैयाँ पैसा, मोबाइल लगायत सामग्री लुटेर लग‍ेको दावी प्रहरीको छ । त्यसअघि सुमन र मनराजले राईलाई मुखमा पट्टी र दुवै हात बाँधेर झाडीमा फ्याँकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुमनले राती ११ बजे कोटेश्वरबाट पठाओ अर्डर गर्दै प्रविनसँग चढेर धापाखेल गएका थिए । राती साढे १ बजे स्थानीयले प्रहरी कन्ट्रोलमा फोन गर्दै एक व्यक्ति हात बाँधिएको, घाइते अवस्थामा रहेको भन्दै खबर गरेका थिए ।

प्रहरीले प्रविनलाई लुटेको आरोप लागेका दुवै जनालाई मोटरसाइकलसहित आइतबार बिहान काठमाडौँको बलम्बुस्थित चन्द्रागिरी रिकन्डिसन सोरुमबाट पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले रिकन्डिसनलाई उक्त मोटरसाइकल बिक्री गर्ने तयारी गरिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर