आहा रारा गोल्डकप : पुलिसलाई हराउँदै मनाङ सेमिफाइनलमा

२०७८ माघ ९ गते १६:५५

काठमाडौं । नेपाल पुलिस क्लबलाई २-० गोलको नतिजामा पराजित गर्दै मनाङ मर्स्याङदी क्लब २०औं संस्करणको आहा रारा गोल्ड कपमा सेमिफाइनल प्रवेश गरेको छ ।
आइतबार पोखरा रंगशालामा भएको खेलमा मनाङलाई जित दिलाउन रुपेश केसी र अफिज ओलावाले गोल गरेका थिए ।
पहिलो हाफमा कुनै टोलीबाट पनि गोल हुन सकेन् । खेलको ६४औं मिनेटमा मनाङकालागि रुपेशले पहिलो गोल गरे । यस्तै, ओलावालेले ८८औं मिनेटमा गोल गर्दै मनाङको अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे ।
मनाङले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर