अष्ट्रेलियन ओपन : बार्टी क्वाटरफाइनलमा – Nepal Press

अष्ट्रेलियन ओपन : बार्टी क्वाटरफाइनलमा

काठमाडौं । विश्व नम्बर एक अस्लेग बार्टी वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको क्वाटरफाइनमा प्रवेश गरेकी छन् ।

आइतबार वरियताको ६०औं स्थानकी अमेरिकन आमान्दा अनिसिमोभालाई ६–४, ६–३ को सोझो सेटमा हराउँदै बार्टीले अन्तिम आठमा स्थान पक्का गरेकी हुन् ।

बार्टीले सेमिफाइनल प्रवेशका लागि २१औं वरियताकी जेसिका पेगुलासँग प्रतिस्पर्धा गर्नेछिन् ।

आइतबार नै भएको चौथो चरणको खेलमा पेगुलाले वरियताको पाँचौ स्थानकी मारिया साकारियालाई ७–६ ९७–०० ६–३ को सेटमा पराजित गरेकी थिइन् ।

गत सिजनको विम्बलडन च्याम्पियन बार्टी अस्ट्रेलियन ओपनमा क्वाटरफाइनलबाट बाहिरिएकी थिइन् । यस्तै, पेगुला क्वाटरफाइनलबाट बाहिरिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर