पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न चार सदस्यीय समिति गठन – Nepal Press

पत्रकार एलबी विश्वकर्माको मृत्युबारे छानबिन गर्न चार सदस्यीय समिति गठन

काठमाडौं । पत्रकार लालबहादुर विश्वकर्माको मृत्युको घटनाबारे छानबिन गर्न निजामति कर्मचारी अस्पताल (सिभिल)ले चार सदस्यीय छानबिन समिति गठन गरेको छ ।

सिभिल अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा.दिनेशकुमार लम्सालको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन भएको अस्पताल प्रशासनले जनाएको हो ।

समितिको सदस्यमा अस्तालका उपसचवि कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउण्टर इन्चार्ज भेषबहादुर बस्नेत रहेको छन् । समितिले तीन दिनभित्र पत्रकार विश्वर्माकोको मृत्युमा भएको लापरबाहीबारे सत्य तथ्य सार्वजनिक गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

सिभिल अस्पतालले उपचार गर्ने रकम नभएकै कारण पत्रकार विश्वकर्मालाई अर्को अस्पताल लिएर उपचार गर्न उनका आफन्तलाई भनेपछि ढिलो गरी पाटन अस्पताल पुर्याएका विश्वकर्माको मृत्यु भएको थियो । घटना भएलगत्तै, क्रियाशिल दलित पत्रकार संघ, श्रमजिवी पत्रकार संघ, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल लगायतले निजामति अस्पतालमा पत्रकार विश्वकर्माको उपचारमा भएको लापरवाहीबारे निष्पक्ष छानबिन गर्न माग गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर