भ्यालेन्सियाविरुद्ध उत्कृष्ट पुनरागमन जित निकाल्न खेलाडीले ज्यान दिएर खेले : सिमोन


काठमाडौं । एथ्लेटिको मड्रिडका मुख्य प्रशिक्षक डिएगो सिमानले शनिबार भ्यालेन्सियालाई पराजित गरेपछि खेलाडीहरुको प्रशंसा गरेका छन् । खेलको इन्जुरी समयमा दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेपछि प्रशिक्षक सिमानले खेलाडीको प्रशंसा गरेका हुन् ।
पहिलो हाफमा भ्यालेन्सियाका युनुस मुसा र हुगो डुरोले गोलगरे पछि एट्लेटिकोले लगभग खेल हार्ने सम्भावना देखिएको थियो । तर, माथेउस चुन्हाले ६४औं मिनेटमा एथ्लेटिकोका लागि पहिलो गोल गरेका थिए । २–१ को अवस्थामा रहेको एथ्लेटिकोका लागि इन्जुरि समयमा एन्जल कोरेरा र मारियो हेरमोसोले गोल गर्दै उत्कृष्ट पुनरागमन जित दिलाएका थिए ।
‘खेलको पहिलो हाफपछि मैले खेलाडीहरुसँग छलफल गर्दै आफुले महसुस गरेको कुराहरु बताए, मैले केहिवर्ष यता भन्ने गरेको छु,‘यदि हामीले हार्नु पर्छ भने हामी गर्वका साथ हार्छौं’, सिमोनले पत्रकारहरुलाई भने, ‘खेलाडीहरुले मैदानमा ज्यान दिएर खेले यो रात हाम्रो लागि यादगार भएको छ ।’
जितसँगै एथ्लेटिकोको २१ खेलबाट ३६अंकसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । भ्यालेन्सियाविरुद्ध शानदार जित निकाल्दै एथ्लेटिको चौथो स्थानमा उक्लिएपछि सिमोन टचलाइनमा रुनै लागेका थिए ।
‘मैले के महसुस गरे त्यो अद्भुत छ, म यस्तो ठाउँमा छु जहाँ कसैले भनेको थियो,‘ जब जब यो जाँदैछ जस्तो लाग्छ तब म झन बलियो गरी समात्न चाहन्छु । पहिलो हाफमा मेरो मन दुख्यो ।’ सिमोनले भने ।
भ्यालेन्सियाविरुद्धको जितपछि एथ्लेटिको थप समयमा दुई गोल गरेर जित निकाल्ने दोस्रो ला लिगा टोली भएको छ । पहिला रियाल बेटिसले सन् २०११को डिसेम्बरमा भ्यालेन्सियाविरुद्ध नै जित निकालेको थियो ।