रफायल नाडाल अस्ट्रेलियन ओपनको क्वाटरफाइनलमा, जेरेभ बाहिरिए


काठमाडौं । राफेल नाडाल र डेनिस सापोभालोभ अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
शनिबार मेलवर्न पार्कमा भएको चौथो चरणको खेलमा विश्व वरियताको ६९औं स्थानका फ्रान्सेली खेलाडी एड्रिन मान्नारिनोलाई ७ं–६(१६–१४), ६–२, ६–२को सेटमा पराजित गर्दै नाडालले क्वाटरफाइनल यात्रा तय गरेका हुन् ।
२१औं पटक ग्राण्डस्लाम विजेताको कीर्तिमान बनाउने लक्ष्यमा रहेका नाडालले सेमिफाइनल प्रवेशका लागि १४औं वरियताका डेनिस सापोभालोभसँग भिड्नेछन् ।
डेनिसले चौथो चरणमा गत सिजनको टोकियो ओलम्पिकका स्वर्ण विजेता तथा विश्व वरियताको तेस्रो स्थानका अलेक्जेन्डर जेरेवलाई ६–३, ७–६(७–५), ६–३को नतिजामा हराउँदै क्वाटरफाइनलमा नाडालसँगको भेट पक्का गरेका हुन् ।