आजारेन्का र साक्कारी अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिए


काठमाडौं । विश्व वरियताको २४औं स्थानकी भिक्टोरिया आजारेन्का र पाँचौं वरीयताकी मारिया साक्कारी अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएका छन् ।
आइतबार मेलबर्न पार्कमा भएको खेलमा वरियताको चौथो स्थानकी बारबोरा क्रेजिकोभासँग ६–२, ६–२को सोझो सेटमा पराजित हुदै आजारेन्का बाहिरिएकी हुन् ।
आजारेन्कालाई हराएसँगै क्रेजिकोभा क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । उनले सेमिफाइनल प्रवेशका लागि अमेरिकी म्याडिसन किजसँग प्रतिस्पर्धा गर्नेछिन् ।
म्याडिसनले चौथो चरणमा आठौं वरीयताकी पाउला बाडोसालाई ६–३, ६–१ को नतिजामा हराउँदै क्वाटरफाइनलमा क्रेजिकोभासँगको भेट पक्का गरिन् ।
वरीयताको पाँचौं स्थानकी मारिया साक्कारी २१औं वरियताकी जेसिका पेगुलासँग ७–६(७–०), ६–३को नतिजामा पराजित हुँदै चौथो चरणबाट बाहिरिएकी छिन् । पेगुलाले क्वाटरफाइनलमा विश्व नम्बर एक अस्लेग बार्टी र अमान्दा अनिसिमोभाको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् ।