विषाक्त मह प्रकरण- दलाल पुँजीवादीले साना व्यवसायीको मनोवल गिराउन खोजेको नेकपा एसको आशंका – Nepal Press

विषाक्त मह प्रकरण- दलाल पुँजीवादीले साना व्यवसायीको मनोवल गिराउन खोजेको नेकपा एसको आशंका

सन्चारमाध्यमले आफ्ना नेताको फोटो नहटाए कानूनी उपचारमा जाने चेतावनी

काठमाडौं । सत्तारुढ नेकपा एकीकृत समाजवादीले गुणस्तरहीन विषाक्त मह उत्पादन तथा विक्रीवितरणमा संलग्न व्यवसायी नरेश श्रेष्ठको फोटो सन्चारमाध्यम र सामाजिक सन्जालमा राखेर चरित्रहत्या गरिएको भन्दै मानहानीको अभियोगमा कानूनी उपचार खोज्ने चेतावनी दिएको छ ।

नेकपा एसका सिन्धुपाल्चोक जिल्ला अध्यक्ष नवराज पौडेलले आइतवार प्रेस वक्तव्य जारी गर्दै सन्चारमाध्यम र सामाजिक सन्जाल प्रयोगकर्तालाई तत्काल माफी माग्दै समाचारका क्रममा राखिएको फोटो हटाउन अनुरोध गरेका छन् ।

गत शुक्रवार करीव ७ हजार किलोग्राम विषाक्त मह र नक्कली मह बनाउने कच्चा पदार्थसहित महानगरीय प्रहरी अपराध महाशाखाले ज्याठाका मह उत्पादक व्यवसायी नरेश श्रेष्ठलाई पक्राउ गरी प्रमाणसहित तस्बिर सार्वजनिक गरेको थियो ।

प्रहरीले आफ्नो फेसबुक पेजमा राखेको विवरण र तस्बिरका आधारमा सन्चारमाध्यमले समाचार प्रकाशन प्रसारण गरेका थिए भने सामाजिक सन्जालमा पनि तिनै तस्बिर र समाचार भाइरल भएका छन् ।

पक्राउ परेका व्यवसायी श्रेष्ठ नेकपा एस सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष हुन् । नेकपा एसका जिल्ला अध्यक्ष पौडेलले कुनै पनि व्यवसायमा आबद्ध व्यक्तिको पार्टी रोज्न पाउने नैसर्गिक अधिकार रहेको र व्यक्तिगत तथा व्यवसायिक क्रियाकलापलाई जोडेर पार्टीका नेतृत्वको फोटोसहित प्रचार गर्नु अनैतिक तथा गैरकानूनी तथा पत्रकार आचारसंहिता विपरीत रहेको बताएका छन् ।

पौडेलले दलाल पुँजिवादी समाजमा एकाधिकार पुँजिवादी वर्गले प्रतिस्पर्धात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीको मनोवल गिराउने हिसाबले गरिने षडयन्त्रप्रति सचेत हुन समेत आग्रह गरेका छन् ।

पौडेलले भनेका छन्- ‘घटनाको सत्य तथ्य खोजी हुँदैछ । यो विषयले समग्र मह उत्पादक र वितरकको समेत उत्पादन परीक्षण गर्न र जनस्वास्थ्य मापदण्डअनुसार कारोवार गर्ने गराउनेतर्फ राज्यको ध्यानाकर्षण हुनुपर्दछ । दलाल पुँजीवादी समाजमा एकाधिकार पुँजीवादी वर्गले प्रतिपर्धात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीको मनोवल गिराउने हिसावले गरिने षड्यन्त्रप्रति सचेत हुँदै गलत गर्नेमाथि सजायसहित वास्तविक न्याय स्थापित गर्न प्रहरी प्रशासन र नेपाल सरकारकै ध्यान जानुपर्ने यस घटनाले देखाएको छ ।’

यी पनि पढ्नुस्

गुणस्तरहीन मह बेचेर पक्राउ परेका श्रेष्ठ भन्छन्- यसो नगरे व्यवसाय नै चल्दैन

७ हजार लिटर नक्कली महसहित एकजना पक्राउ

प्रेस विज्ञप्ति
मिति २०७८ माघ ७ गते शुक्रबारदेखि काठमाडौंको ज्याठास्थित एक सहकारी सञ्चालक तथा मह उत्पादक उद्योग व्यवसायी नरेश श्रेष्ठलाई महानगरीय प्रहरीको टाेलीले पक्राउ गरेकाे घटनासँग जाेडेर केही सञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयाेगकर्ताहरुले हाम्रो पार्टीकाे नेताहरूकोसमेत फाेटाे जाेडी गरिएकाे गैरकानुनी कृत्यप्रति गम्भीर ध्यानाकर्षण भएको छ । घटनाको सत्य तथ्य खाेजी हुँदैछ । याे विषयले समग्र मह उत्पादक र वितरकको समेत उत्पादन परीक्षण गर्न र जनस्वास्थ्य मापदण्डअनुसार काराेवार गर्ने गराउनेतर्फ राज्यको ध्यानाकर्षण हुनुपर्दछ । दलाल पुँजीवादी समाजमा एकाधिकार पुँजीवादी वर्गले प्रतिष्प्रधात्मक प्रणालीलाई कमजोर पार्न साना व्यवसायीकाे मनाेवल गिराउने हिसाबले गरिने षड्यन्त्रप्रति सचेत हुँदै गलत गर्नेमाथि सजायसहित वास्तविक न्याय स्थापित गर्न प्रहरी प्रशासन र नेपाल सरकारकै ध्यान जानुपर्ने यस घटनाले देखाएकाे छ । हाम्रो पार्टी जनस्वास्थ्यमा प्रतिकुल असर पार्नेकुनै पनि व्यवहार, प्रचलित कानुन र व्यवसायीक मर्यादाविपरीतका हरेक कार्यप्रति निर्ममतापूर्वक लड्दै काेही पनि निर्दाेषमाथि शक्तिको दुरुपयोग गरि हुनसक्ने अन्यायप्रतिसमेत सचेत रही समाजमा सुशासन कायम गराउन दृढ रहेकाे छ । कुनै पनि व्यवसायमा आबद्ध व्यक्तिको पार्टी राेज्न पाउने नैसर्गिक अधिकार रहेकाे र व्यक्तिगत व्यवसायिक क्रियाकलापलाई जाेडेर कुनै पनि सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयाेगकर्तासमेतले पार्टीको बद्नाम गराउन खाेज्नु तथा पार्टीका अन्य नेतृत्वको फाेटाे जाेडेर प्रचार गर्नु अनैतिक, गैरकानुनी र पत्रकार आचारसंहिता विपरीत रहेकाेले साे सम्बन्धमासमेत प्रशासनलाई ध्यानाकर्षण गराउँदै त्यस कार्यमा सम्बद्ध सम्बन्धित सञ्चार हाउस तथा सामाजिक सञ्जाल प्रयाेगकर्तालाई तत्काल सार्वजनिक रुपमा माफी मागी समाचारका क्रममा राखिएको फाेटाे हटाउन अनुराेध गर्दछाैँ । अन्यथा मानहानी विरुद्धको कानुनी उपचारमा जान बाध्य हुने चेतावनी दिन चाहन्छाैँ ।
नवराज पाैडेल अध्यक्ष नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) जिल्ला कमिटी, सिन्धुपाल्चोक ।

प्रतिक्रिया

4 thoughts on “विषाक्त मह प्रकरण- दलाल पुँजीवादीले साना व्यवसायीको मनोवल गिराउन खोजेको नेकपा एसको आशंका

  1. कहाँसम्मकाे अनैतिक । विषाक्त मह बेच्नेलाई समात्दा ठूला र साना व्यवसायी, दलाल पूँजीपति वर्गजस्ता शब्द प्रयाे गरेर व्याख्या गर्दैछ । यस्ता जनस्वास्थ्यमा खेलबाड गर्नेलाई आजिवन जेल हाल्नु्पर्छ । एसकाे कामै यस्तै हाे । माधवकै लगानी पनि छ भन्ने सुनिएकाे छ याे केशमा ।

  2. हाम्रा नेता र ब्यापारीको कुनै कुराको बिश्वास गर्न नहुने भयो ! नेता पनि चोर र व्यापारी त नेता समेत किन्ने महा चोर भए !

  3. अपराध जसले गरेपनी अपराध हो । कुनै पार्टिको सदस्य भएकै भरमा उन्मुक्ती पाउनु हुदैन । अझ नेकपा एस को विज्ञप्ती हेर्दा लाग्छ राजनैती आडमा जे गर्नपनी छुट हुनुपर्छ । यस्तो घटनामा पार्टिहरु जिम्मेवार हुनु पर्नेमा उल्टै ढाकछोपमा उत्रनु यो भन्दा लाजअर्दो के होला ।

  4. कति हास्नु हामी जनताले।यश भयकैमा नो कार्यवाही?

Leave a Reply to sharada prasad dhakal Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर