युवा संघले बनायो ४०५ सदस्यीय महाधिवेशन आयोजक समिति (सर्कुलरसहित) – Nepal Press

युवा संघले बनायो ४०५ सदस्यीय महाधिवेशन आयोजक समिति (सर्कुलरसहित)

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नेपालले किरण पौडेलको संयोजकत्वमा ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सहसंयोजकमा सञ्जिवकुमार झा र क्रान्ती बुर्लाकोटी छन् ।

युवासंघ केन्द्रीय सचिवालयको दोस्रो पूर्ण वैठक र नवौं महाधिवेशन आयोजक कमिटीको पहिलो पूर्ण वैठक पोखरामा पुस २८ देखि ३० गतेसम्म आयोजना भएको थियो । उक्त वैठकले गठन गरेको आयोजक कमिटीलाई अन्तिम रुप दिँदै संयोजक किरण पौडेलले संगठनभित्र विशेष सर्कुलर जारी गरेका छन् ।

सर्कुलरमा उल्लेख भए अनुसार राष्ट्रिय महाधिवेशनपछिको दोस्रो हैसियत कायम रहने गरी २५०१ सदस्यीय केन्द्रीय युवा परिषद निर्माण गर्ने निर्णयसमेत भएको छ । परिषदमा २० प्रतिशत मनोनित हुन्छ । यस्तै युथफोर्स र साइबर सर्कल विभागलाई केन्द्रदेखि वडासम्म बिस्तार गरिने उल्लेछ ।

हेर्नुस सर्कुलर :


प्रतिक्रिया

One thought on “युवा संघले बनायो ४०५ सदस्यीय महाधिवेशन आयोजक समिति (सर्कुलरसहित)

  1. खुशी लाग्यो , सबैले एकजुट भएर परमादेशी चुतियाहरुलाई प्रहार गर्ने तागत शृजना गर्नुपर्छ। सबैको जयहोस। महेस जी प्रती बिश्वास गर्नुस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर